Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • तत्काल लकडाउन गर्ने मनस्थितिमा सरकार छैन : सञ्चारमन्त्री खतिवडा

    तत्काल लकडाउन गर्ने मनस्थितिमा सरकार छैन : सञ्चारमन्त्री खतिवडा

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन् ।

    बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको जानकारी दिए । उनले ठाउँ–ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए। यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए।



    अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन, उनले भने।



    सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबाटदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार