Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • उपत्यकामा संक्रमण देखिने बित्तिकै सिल गरिने, अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द

    उपत्यकामा संक्रमण देखिने बित्तिकै सिल गरिने, अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 4.8K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि आइतबारदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने गरिएकाे छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको शुक्रबार बसेको बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

    तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ­’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘त्यसअनुसार टेकु, महाबौद्ध एसिया सिल गर्दैछौं ।’



    जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ । सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।



    उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृहमन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय पनि उपत्यकाका प्रजिअहरुले सहमति गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार