Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पठनपाठनको नयाँ विकल्प अनुसार काम गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल ‘फेस टु फेस पठनपाठन’ पठपनपाठन गराउन सम्भव नभएको बताएका हुन् ।

घरमै गएर विद्यार्थीलाई पढाउने विकल्प कर्णाली प्रदेशमा प्रभावकारी देखिएको भन्दै मन्त्री पोखरेलले सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न पनि आग्रह गरे ।

‘यो वा त्यो नाममा अब स्कुलसंग टचर नगाँसिने भन्ने हुदैन । जान गाह्रो भयो भने पासका लागि गृह मन्त्रालयले मध्यस्तता गर्छ । पीसीआर (परीक्षण) गर्नु पर्ला त्यो पनि गर्नुस, स्थानीय तहले त्यसको ब्यवस्थापन गर्छ’ मन्त्री पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077