Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • थानकाेटबाट चोरीको सामान ओसार्दै गर्दा ४ जना पक्राउ

    थानकाेटबाट चोरीको सामान ओसार्दै गर्दा ४ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । काठमाडौंको थानकोटमा चोरी गरिएकाे सामान ओसार्दै गर्दा तीन जना भारतीय नागरिक सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तिलगंगा बस्ने इटहरीका १९ वर्षीय छिरीङ लामा, भारतको मोतिहारीका १९ वर्षका तीन युवा सुरज गिरी, कुन्दन गिरी र सुमित गिरी रहेको प्रहरीले जनाएको छ।

    चन्द्रागिरि नगरपालिका-६ थानकोट आयल निगम छेउको सनराईज इन्जिनियरिङ वर्कसप नजिकबाट शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा थानकोट वृत्तबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरुको साथमा चोरीको विभिन्न सामान भेटिएको थियो।



    निजहरूको साथबाट प्रहरीले प्लाष्टिकको सेतो बोरामा फलामको हाईड्रोलिक पाईप थान १२, हरियो सकेट थान ४०, पिटी पम्प सानो २ थान, पिटी पम्प ठुलो थान २, ब्राईकेट थान ६, एल ब्राईकेट थान २, कवलिङ्ग थान २, फलामको अंग्रेजीमा ८० लेखिएको फलामको ढिक्का थान ३ फेला पारी बरामद गरेको छ।



    सामानको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले ति सामानहरु सनराईज इन्जिनियरिङ वर्कसपबाट चोरी गरेको खुल्न आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार