Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशको राष्ट्रिय फुटबल टिमका १८ जनामा कोरोना संक्रमण

काठमाडौं । बंगलादेश फुटबल टिमका खेलाडी र प्रशिक्षक गरी १८ जनामा कोरोना संक्रमण भेटिएको छ।

बन्द प्रशिक्षणका लागि बोलाइएका ३६ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

२०२२ को कतार विश्वकप र २०२३ को चीनमा हुने एएफसी एसिया कपको तयारीका लागि खेलाडीहरुलाई राजधानी ढाका नजिकैको गाजिपुरमा क्याम्प बोलाइएको थियो।

बंगलादेशले अक्टोवर ८ मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका छ। अखिल नेपाल फुटबल संघ एन्फाले पनि विश्वकप छनोटको तयारीकै लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077