Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • विभत्स हत्या: कुकुरले पत्ता लगायो टाउको र खुट्टा

    विभत्स हत्या: कुकुरले पत्ता लगायो टाउको र खुट्टा

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 5K
    SHARES

    काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेश स्थाननजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । हत्यापछि सुटकेशमा फालिएको शवको अनुसन्धानमा प्रहरीले तीव्रता दिएको छ।

    अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरूषको आज (आईतवार) विहान विभत्स अवस्थामा टाउको र खुट्टा बिनाको शव भेटिएको फेला परेको हो।



    सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले वताए।



    ‘आधा शरीर सुडकेसमा भेटियो, खुट्टा र टाउको अर्को झोलामा भेटियो’, काठमाडौं प्रहरी प्रमुख एसएसपी  ज्ञवालीले भने, ‘तालिम प्राप्त कुकुरले टाउको र झोला भेटायो,अनुसन्धान गर्दैछौ ।’

    टोखा १० स्थित नवज्योती मार्गको सडक खण्डको छेउमा कालो सुटकेस भित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा शव फेला परेको थियो ।

    घटनास्थलमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ भने घटनास्थलमा तालिम प्राप्त कुुकुरको पनि प्रयोग गरिएको छ ।

    सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार