Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कुहिएको अवस्थामा शव भेटियो, अनुसन्धान गर्दै प्रहरी

    कुहिएको अवस्थामा शव भेटियो, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 2.3K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा कुहिएको अवस्थामा शव फेला परेको हो ।

    महेन्द्रनगर खुलामञ्च पछाडि सनाखत हुन नसको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    भीमदत्त नगरपालिकाले सब्जिमण्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवनसँगै रहेको रुखसँग टाँसिएको अवस्थामा शव भेटिएको हो ।



    मुचुल्का उठाएर प्रहरीले अहिले शव महाकाली प्रादेशिक अस्पताल पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान पनि थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार