Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 4.1K
    SHARES

    सुनसरी । सुनसरीमा एक किशोरीको शव घाँटी रेटिएको अवस्थामा भेटिएको छ ।

    जिल्लाको धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा किशोरीको शव घाँटी रेटिएको अवस्थामा भेटिएको हो ।



    इलाका प्रहरी कार्यालय धरानका अनुसार घाँटी रेटेर हत्या गरि फ्याँकिएको अवस्थामा किशोरीको शव भेटिएको थियो ।



    शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक किशोरीको पहिचान खुल्न बाँकी छ ।

    किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको र उनको हत्या नै भएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले शव पोस्टमर्टमका लागि बीपी प्रतिष्ठान लगिएको बताइएको छ ।

    तालिमप्राप्त कुकुर झिकाएर ह्रहरीले घटनास्थललमा अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार