Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपालगञ्जमा युवकको शव फेला, हत्याको आशंका

    नेपालगञ्जमा युवकको शव फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।



    उनले घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको बताए ।



    उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार