Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • टाउको नभएको पुरुषको शव गाडिएको अवस्थामा फेला, अनुसन्धान गर्दै प्रहरी

    टाउको नभएको पुरुषको शव गाडिएको अवस्थामा फेला, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 4.4K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा जमिनमा गाडिएको अवस्थामा पुरुषको टाउको नभएको शव फेला परेको छ ।

    जिल्लाको नगरपालिका–४ स्थित पिपरी गाउँदेखि दक्षिणतिर गहुँखेतको बीचमा रहेको कुलोमा गाडिएको अवस्थामा शव फेला परेको हो ।



    हत्या गरेर घटना लुकाउने उद्धेश्यले शव गाडिएको अनुमान गरिएको छ । घटना प्रकृति र शव हेर्दा ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ ।



    आइतबार साँझ ६ बजेतिर कोदहवा चोकदेखि करिब ५ सय मिटर दक्षिण कुलोमा घुँडाको थोरै भाग देखिएको शव स्थानीयले देखेका थिए ।

    त्यसपछि वडा अध्यक्ष रवीन्द्र तिवारीले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी तत्कालै घटनास्थल आएर खनेर हेर्दा घुँडाको भाग देखिएपछि घटनास्थल सुरक्षित गरेर सोमबार बिहान खनेर पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    ती पुरुषको उमेर अन्दाजी करिब २५/२६ वर्ष रहेको प्रहरीको अनुमान छ । ती पुरुषको हत्या गरिएको ठाउँ र गाडिएको ठाउँ करिब ढाई सय मिटर फरकमा रहेको प्रहरीले जनाएको छ ।

    टाउको भने अझै फेला नपरेको प्रहरीको भनाई छ । घटनास्थलमा बुटवलबाट तालिम प्राप्त ककुरसहित टोली परिचालन गरेर अनुसन्धान थालेको छ । शव पोर्स्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार