Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपचार नपाएर मृत्यु हुँदा अफन्तद्वारा वीरगन्जमा प्रदर्शन

वीरगन्ज । उपचार नपाउँदा बिरामीको मृत्यु भएको भन्दै वीरगन्जको नारायणी अस्पताल अगाडि अफन्तहरूले प्रदर्शन गरिरहेका छन्। आइबार बिहान करिब १० बजेको समयमा निषेधाज्ञा उल्लंघन गर्दै अस्पताल अगाडि अफन्त तथा स्थानीयहरू विरोध प्रदर्शनमा उत्रेका गरेका हुन् ।

उनीहरूले चिकित्सक र अस्पतालकाविरुद्धमा नारासमेत लगाएका थिए । अस्पतालको प्रसूति गृह अगाडि स्थापना गरिएको कोभिड बुथमा प्रदर्शनकारीले तोडफोड गरेका थिए ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो ।प्रदर्शनकारीले एउटा निजी गाडीको सिसा फुटाइदिएका छन् । प्रदर्शनकारीमध्येका एक छपकैयाका अमितकुमारले बिरामीलाई निजी अस्पतालले भर्ना गरून् र चिकित्सकले पनि लापरबाही नगरुन् भन्नका लागि विरोध प्रदर्शन गरिएको बताए । नारायणी अस्पतालका सबै सेवा सुचारुका लागि उनीहरुले माग गरेका थिए ।

प्रदर्शनकारी अस्पताल पुग्दा प्रहरी उपरीक्षक गंगा पन्त चिकित्सकहरुसँग बैठकमा सहभागी थिइन् । प्रदर्शन र तोडफोड हुने बित्तिकै प्रहरी परिचालन हुँदा बढी क्षति हुन पाएन ।
पछिल्लो तीन दिनयता वीरगन्जमा उपचार नपाएर तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077