Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेकपा सांसदहरू विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक गर्ने तयारीमा

    नेकपा सांसदहरू विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक गर्ने तयारीमा

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ — नेकपा सांसदहरू विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विवाद बढ्दै गएको बेला प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरूले भने विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक गर्ने तयारीमा जुटेका हुन् ।

    ओली र दाहाल-नेपाल पक्षको विवादले स्थायी कमिटी बैठक अवरुद्ध भइरहेका बेला नेकपाका संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ५० भन्दा बढी सांसदले हस्ताक्षर सार्वजनिक गर्न लागेका हुन् । आइतबार २ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरेर विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक गर्न लागेको सांसद यज्ञराज सुनुवारले जानकारी दिए ।



    पार्टीले निर्वाचनका बेला जनतामाझ सार्वजनिक गरेका घोषणापत्र र कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा विभाजनको दिशातिर गएको भन्दै ओली, दाहाल र नेपाल पक्षका सांसदले संयुक्त रूपमा एकताको दबाबका लागि हस्ताक्षर अभियान संचालन गरेका थिए ।



    सांसद सुनुवारका अनुसार ५० भन्दा बढी सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर सार्वजनिक गरेपछि सांसदहरूले शीर्ष नेताहरूलाई बुझाउने तयारी पनि गरिरहेको सांसद गणेश पहाडीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार