Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तर्राष्ट्रिय उडान: कुन-कुन मुलकबाट आउन दिने ?

काठमाडौं । अन्तर्राष्ट्रिय तथा अन्तरिक हवाई उडान १ भदौबाट सुरु गर्ने सरकारको निर्णय रहेकाे छ। तर कुनकुन मुलकबाट आउन दिनुका साथै प्रोटेकलकाे टुंगो लागेको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार दैनिक करीव १ दर्जनसम्म अन्तराष्ट्रिय उडान गर्ने गरी तयारी इइरहेको छ। यसबारे आइतबार बस्ने कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) निर्देशक समितिमा छलफल हुनेछ।‘सीसीएमसीले हाम्रो प्रस्तावमा सहमति जनायो भने मन्त्रिपरिषद्बाट अुनमोदन हुन्छ’ स्रोतले भन्यो, ‘अहिले जोखिम हुन्छ, नगरौं भन्यो भने उडान हुन्न ।’

मन्त्रालयले उडान सुरु गर्ने अवस्थामा के कस्ता मापदण्ड अपनाउने भन्ने गृहकार्य पनि गरेको छ । स्रोतका अनुसार नेपाल उडान गर्नुभन्दा ७२ घण्टा अगाडि पीसीआर टेष्ट गरेर नेगेटिभ रिपोर्ट आएको हुनुपर्छ । त्यसपछि नेपाली नागरिकको हकमा १४ दिन होम वा होटल क्वारेन्टिनमा बस्नुपर्छ । र, पीसीआर टेष्ट गर्दा नेगेटिभ आएपछि मात्र समुदायमा घुलमिल हुन पाइन्छ।

गैरआवासीय नेपाली र विदेशी पर्यटकको हकमा ७ दिनको होटल क्वारेन्टिन बुक गरेको हुनुपर्छ । त्यसपछि पीसीआर टेष्ट गर्दा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्छ।
यस्तो परीक्षण सःशुल्क हुनेछ । नेपाल आउनेहरुलाई अनअराइभल भिसा भने नदिने यसहघि नै सहमति जुटेको छ । अब भिसा लिन सम्बन्धित मुलुकस्थित नेपाली दूतावास मै पुग्नु पर्नेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने पहिलो चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुक बाहेकका देशमा मात्र उडान गर्ने गरी प्रस्ताव गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेको छ भने अरु देशमा पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077