Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्याक्सी चालकसँग ‘हप्ता’असुली गर्ने पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुंगाले ट्याक्सी चालकसँग ‘हप्ता’ असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

नागढुंगाबाट खटिएको प्रहरी टोलीले सर्लाही परमानिपुर–९ घर भइ चन्द्रागिरि–३ बस्दै आएका ३८ वर्षीय कमल वाइबालाई ‘हप्ता’ असुली आरोपमा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका वाइवाले ट्याक्सी चालकहरुले ग्राहकसँग लिने रकम मध्ये केही आफूले पाउने पर्ने बताउँदै असुली गर्न खोजेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077