Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काेराेना अपडेट : ३८० जना संक्रमण, ४० जना डिस्चार्ज, मृतककाे संख्या ७५ पुग्याे

    काेराेना अपडेट : ३८० जना संक्रमण, ४० जना डिस्चार्ज, मृतककाे संख्या ७५ पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    उनका अनुसार पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार