Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

७ जिल्लाका सीडीओ सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।

गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको छ ।

यस्तै मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल, प्यूठानको प्रमुख जिल्ला अधिकारीमा खिमराज भुसाल र मनाङ्गमा ध्रुव गिरीलाई सरुवा गरिएको छ । त्यस्तै राज कुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पुर्व सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077