Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गाँजासहित एक पक्राउ

    गाँजासहित एक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    सिरहा । सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका १० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका १६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो ।



    बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा शङ्का लागेर जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि मोचीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापाले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार