Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस वरिष्ठ नेता पौडेलले गरे कांग्रेस पुनर्जागरणका लागि ७ बुँदे प्रस्ताव

    कांग्रेस वरिष्ठ नेता पौडेलले गरे कांग्रेस पुनर्जागरणका लागि ७ बुँदे प्रस्ताव

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पुनर्जागरणका लागि सात बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। नेता पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय साकार पार्न कर्मशील कांग्रेसको निर्माण’ अभियानसहित सोमबार सातबुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्।

    उनले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले कांग्रेस बलियो हुने जनाएका छन्। उनले संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस बनाउने आफ्नो दृष्टिकोण रहेको भन्दै न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार हुने उल्लेख गरेका छन्।



    नेता पौडेलले लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे दृष्टिकोण स्पष्ट पारेका हुन्। उनले ७ बुँदे प्रस्तावमा नेपालको अखण्डता र स्वाभिमानको रक्षा, बलियो अर्थ–कुटनीतिक अभ्यास, भाइचारामा आधारित असंलग्न नीति, विभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन गर्ने लक्ष्य उल्लेख गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार