Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गोंगबु बिभत्स हत्या : शुरुमा अण्डकोषमा प्रहार , महिलाको बयानले प्रहरी नै चकित

    गोंगबु बिभत्स हत्या : शुरुमा अण्डकोषमा प्रहार , महिलाको बयानले प्रहरी नै चकित

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । काठमाडौंकाे गोंगबुमा भएको दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न महिलाको बयानले प्रहरी नै चकित परेको छ।

    हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच ‘आर्थिक लेनदेनलगायतका कारण रहेको खुलेको छ ।



    शनिवार बोहरा अभियुक्त शाहीको गोंगबुमा रहेको कोठामा पुगेको केही समयमा उनीहरु बीच विवाद शुरु भयो । प्रहरीको अनुसन्धानले हत्या लेनदेन र यौनसँग जोडिएको खुलेको  छ  । क्रूर तरिकाबाट टाउको एकातिर, हातखुट्टा अर्कातिर र लिंगसमेत काटिएकाले आर्थिक लेनदेन सँगसँगै यौन विवाद पनि जोडिएको खुलेको छ ।



    बोहराको हत्याछि  बाथरुममा लगेर खुर्पाले उनको शरीर काटेको र सुटकेसमा प्याक्क गरेर फ्याँकेको बयान शाहीले दिएकी छिन्।

    प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको हतियार, रगत लागेको सल लगायत अन्य सामान बरामद गरेको जनाएको छ ।

    प्रहरी स्रोतका अनुसार बोहराले आफुसहित छोरीलाई पनि आँखा लगाएको र लिएको रकम पनि नदिएको भन्दै शाही आक्रोशित बनेकी थिइन।

    बोहराले शाहीसँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको छ ।

    बियर लाग्दै गएपछी शाहीले बोहरालाई दहीमा औषधि घोलेर खुवाएको र बोहरा बेहोस भएको शाहीले बयान दिएकी छन्।।

    त्यसपछी शाहीले बोहराको अण्डकोषमा प्रहार गरेपछि बोहरा ढलेका थिए ।

    डान्स रेस्टुरेन्ट चलाउने नाममा पटक- पटक बोहोराले शाहीबाट रकम लिएको देखिन्छ।

    तर, लकडाउनपछि बोहोरा नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्ने गरेको खुलेपछि प्रहरीलाई अनुसन्धानमा सघाउ पुगेको थियो।

    शाहीले छोरीको सहयोगमा मात्र सव व्यवस्थापन गरेको बयान दिएकी छन्।  तर, प्रहरीले भने घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुनसक्ने तर्फ पनि अनुसन्धान बढाएको छ।

    महिलाको कोठामा हत्या भएको रात शव फ्यालेर ती महिला एम्बुलेन्समा चितवन गएको देखिन्छ । बोहोरा पछिल्लो ९ महिनादेखि मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेको खुलेको छ ।

    घटनाको बिषयमा महानगरिय प्रहरी परिसर काठमाडौं र महानगरिय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। शाहीको कोठामा बोहराको हत्या गरेर शव सुटकेश र जेब्रा झोलामा प्याक गरेर फ्ँयाकिएको अनुसन्धानले देखाएको छ।

    प्रहरीले शाही र उनकी छोरीलाई आज सार्वजनिक गर्दै छ । शाहीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेकी छन् । शाही एक छोरा र एक छोरीका साथ काठमाडौंमा बस्दै आएको खुलेको छ।

    आइतबार विहान बोहराको शव टुक्रा-टुक्रा पारेर फालेकाे अवस्थामा फेला परेको थियो । टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार