Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गोंगबु हत्या प्रकरणमा चितवनबाट एक महिला पक्राउ

    गोंगबु हत्या प्रकरणमा चितवनबाट एक महिला पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । काठमाडौंकाे गोंगबु हत्या प्रकरणमा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेकाे छ । दाङका कृष्णबहादुर बोहराको हत्या गरेर गोंगबुस्थित गणेशस्थानमा टाउको र खुट्टा जेब्रा झोलामा हालेर  फालेकाे आरोपमा प्रहरीले चितवनबाट कल्पना शाहीलाई पक्राउ गरेको छ । घटनाको बारेमा महानगरिय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

    शाहीको कोठामा बोहराको हत्या गरेर शव सुटकेश र जेब्रा झोलामा प्याक गरेर फ्ँयाकिएको अनुसन्धानले देखाएको छ।  शाही र उनकी छोरीलाई प्रहरीले काठमाडौं ल्याउँदै छ। शाहीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेकी छन् ।



    आइतबार विहान बोहराको शव टुक्रा-टुक्रा पारेर फालेकाे अवस्थामा फेला परेको थियो । टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार