Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गोंगबु हत्या : मृतक बोहरा र महिलाबीच आर्थिक लेनदेन, अन्य सम्बन्ध खोतल्दै प्रहरी

    गोंगबु हत्या : मृतक बोहरा र महिलाबीच आर्थिक लेनदेन, अन्य सम्बन्ध खोतल्दै प्रहरी

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । काठमाडौंकाे गोंगबु हत्या प्रकरणमा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी  कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच ‘आर्थिक लेनदेनलगायतका कारण रहेको प्रहरीको प्ररम्भिक अनुसन्धानले देखाएको छ।

    हत्या गरिएका बोहोराको सुन्धारामा कांक्रे बिहार नामको रेस्टुरेन्टको भिजिटिङ कार्ड फेला परेको छ। तर, उक्त रेस्टुरेन्ट ६ महिनादेखी बन्द रहेको प्रहरीको भनाइ छ। अनुसन्धान स्रोतका अनुसार डान्स रेस्टुरेन्ट चलाउने नाममा पटक- पटक बोहोराले शाहीबाट रकम लिएको देखिन्छ।



    तर, लकडाउनपछि बोहोरा नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्ने गरेको खुलेपछि प्रहरीलाई अनुसन्धानमा सघाउ पुगेको थियो।



    उनीहरुबीचको अन्य सम्बन्धका बारेमा  प्रहरीले अनुसन्धान गरिरहेको छ।  क्रूर तरिकाबाट टाउको एकातिर, हातखुट्टा अर्कातिर र लिंगसमेत काटिएकाले आर्थिक लेनदेन सँगसँगै अरू विवाद पनि जोडिएको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ।

    स्रोतका अनुसार महिलाको कोठामा हत्या भएको रात शव फ्यालेर ती महिला  निजी गाडीमा चितवन गएको देखिन्छ । कृष्णबहादुर पछिल्लो ९ महिनादेखि मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेको खुलेको छ ।

    घटनाको बारेमा महानगरिय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। शाहीको कोठामा बोहराको हत्या गरेर शव सुटकेश र जेब्रा झोलामा प्याक गरेर फ्ँयाकिएको अनुसन्धानले देखाएको छ। शाही र उनकी छोरीलाई प्रहरीले काठमाडौं ल्याउँदै छ। शाहीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेकी छन् ।शाही एक छोरा र एक छोरीका साथ काठमाडौंमा बस्दै आएको खुलेको छ।

    आइतबार विहान बोहराको शव टुक्रा-टुक्रा पारेर फालेकाे अवस्थामा फेला परेको थियो । टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार