Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हत्यापछि टाउको र खुट्टा काट्ने कल्पनालाई आजीवन काराबास सजाय

    हत्यापछि टाउको र खुट्टा काट्ने कल्पनालाई आजीवन काराबास सजाय

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ । काठमाडौँको गोंगबुमा एक पुरुषको हत्या गरी टाउको र खुट्टा काटेकी कल्पना मुडभरीलाई अदालतले आजीवन कारावास सजाय सुनाएको छ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधिश राजेन्द्र अधिकारीको एकल इजलासले ३७ वर्षीया मुडभरीलाई आजीवन कारावासको सजायको फैसला गरेको हो ।



    फैसलापछि कल्पनाले अब जीवनभर जेलमै बस्नुपर्ने छ। तर जिल्ला अदालतले गरेको उक्त फैसलाविरुद्ध भने उनले पुनरावेदन दिन सक्ने छिन् ।



    निर्ममतापूर्वक मारेको भन्दै कल्पनालाई जन्मकैदको सट्टा आजीवन कारावासको फैसला गरेको हो ।

    श्रीमानसँग अलग भएर छोरीसँग बस्दै आएकी कल्पनाले लकडाउनको समयमा रोल्पाको रून्टीगढी गाउँपालिका ७ का कृष्णबहादुर बोहराको हत्या गरी टाउको र खुट्टा कोटेर फालेकी थिइन् ।

    गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय बोहोरा कल्पनाको कोठामा नियमित आउजाउ गर्दै आएका थिए । घटनापछि डेराबाट छोरीसहित कल्पना भागेर चितवन पुगेकी थिइन् । आमा छोरीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो।

    अदालतले उक्त घटनामा मतियार बनाइएकी कल्पनाकी छोरीलाई भने सफाइ दिएको छ। ती किशोरीले कल्पनाले मारेपछि शव व्यवस्थापन गर्न सघाएको प्रहरीको आरोप थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार