Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गोंगबु घटनाका आरोपी पुर्पक्षका लागि कारागार चलान

    गोंगबु घटनाका आरोपी पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले गोंगबु हत्याकाण्डकी आरोपी कल्पना पौडेल मुडवरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएकाे छ । अभियुक्त पाैडेललाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । भने हत्यामा संलग्न रहेकी उनकी छोरीलाई भक्तपुरस्थित बालसुधार गृह, सानोठिमी पठाएको छ ।

    २५ साउनमा गोंगबुस्थित गणेश स्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो । शवको पहिचान नभएपछि प्रहरीले फोटो सार्वजनिक गरेकाे थियाे । तस्बिर सार्वजनिक गरेलगत्तै २६ साउनमा उक्त शव दाङका कृष्णबहादुर बोहोराको रहेको खुल्यो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार