Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बलिउड नायक सञ्जय दत्तलाई फोक्सोको क्यान्सर तेस्रो चरणमा

बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगेकाे छ। गत साता उनको स्वासप्रस्वासमा समस्‍या देखिएपछि लीलावती अस्पताल पुर्‍याइएको थियो।

त्यहाँ उनको परीक्षणपछि फोक्सोमा पानी जमेको खबर सार्वजनिक भएको थियो। टाइम्स अफ इन्डियाले जनाए अनुसार उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा छ।

सञ्जयलाई उपचारका लागि अमेरिका लगिँदैछ। उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन्।

सञ्जय लकडाउनयता मुम्बईमा एक्लै थिए। उनकी श्रीमती र दुई सन्तान दुबईमा छन्। घुम्‍न गएका उनीहरू लकडाउनका कारण उतै रहे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077