Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काेराेना संक्रमणबाट विराटनगरमा विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    काेराेना संक्रमणबाट विराटनगरमा विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । विराटनगरकाे कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका-३ का ५७ वर्षका पुरुषको  कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक भएकाे र उनमा सोमबार कोरोना पोजेटिभ देखिएको थियाे ।

    सोमबार कोशी अस्पताल हुँदै कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । सोमबार भर्ना भएका पुरुषको बुधबार बेलुका ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले बताए । मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेका उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या थियो । बुधबार बिहानसम्म उनको अवस्था सामान्य थियो । तर दिउँसो अवस्था गम्भीर बनेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार