Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनका गहना किनेर नक्कली चेक दिएर भागेकी महिला पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले ४ लाख ३६ हजार रुपैयाँ बराबरका सुनचाँदीका गहना किनेर पैसा नतिरी भाग्ने झापाकी शारदा मगरलाई पक्राउ गरेको छ ।

नयाँ बानेश्वरकी रमिता रञ्जित श्रेष्ठको उजुरीकाे आधारमा मगरलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । उनले सिक्री, सुनको लकेट, बाला, सुन र हिराको औँठी लगायतका गरगहना बनाएको र एक सहकारी संस्थाको नक्कली चेक दिएर ठगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी शारदाले डेढ तोलाकाे सुनको सिक्री १ थान, ५४ लालको सुनको लकेट १ थान, १ तोला ५२ लालको सुनको ब्रासलेट १ थान, हिराको औठी १ थान, र ३५ लालको सुनको औठी १ थान किनेर नक्कली चेक दिएर फरार भएकाे प्रहरीले जनाएकाे छ। २९ वर्षीया शारदा मगरले अन्य व्यक्तिलाई पनि ठगेको हुन सक्ने भएकाले ठगीमा परेकाहरुलाई उजुरी दिन पनि अपराध महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077