Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुपन्देहीमा स्वेच्छाले पीसीआर परीक्षण गराएका ११ जनामा कोरोना संक्रमण

    रुपन्देहीमा स्वेच्छाले पीसीआर परीक्षण गराएका ११ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेशनल प्याथ ल्याब बुटवलमा भएको समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

    उनीहरू सबैले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका थिए । बुटवलका पाँच जनामध्ये बुटवल–११ देवीनगरका ४ जना र वडा नंं. १६ का एक जना रहेका छन् भने सिद्धार्थनगरका ६ जनामध्ये वडा नं. ४ का ४ जना र देवकोटा चोकका २ जना रहेका शाहले बताए । योसंगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १७ पुगेको छ । रुपन्देहीमा ७७ जना संक्रमित अस्पतालमा उपचाररत छन् भने ३ सय २८ जना निको भएर घर फर्केका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार