Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१ करोड ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा असई अख्तियारको नियन्त्रणमा

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक(असई) दीलीप कार्कीलाई नियन्त्रणमा लिएको छ । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको सम्बन्धमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको अख्तियारले जनाएकाे छ ।

उनले पम्पमा कार्यरत हुँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा झण्डै एक करोड नाै लाख रूपैयाँ हिनामिना गरेकाे आरोप लागेकाे र त्यही सम्बन्धी अनुसन्धान गर्न अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । कार्की प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार अख्तियारमा दाखिला हुन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077