Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनुमति विना कोरोना संक्रमितलाई रेफर नगर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नाे अनुमति विना कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको रेफर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । काठमाडाैं उपत्यकासहित कतिपय ठाउँमा सघन उपचार कक्ष (आईसीयू) तथा भेन्टिलेटरको अभाव हुन थालेको भन्दै कोरोना पुष्टि भएका बिरामीलाई जथाभाबी रेफर नगर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सबै निजी अस्पताललाई समेत २० प्रतिशत शय्या कोरोना संक्रमितका लागि छुट्याउन यसअघि नै निर्देशन दिएको भन्दै प्रवक्ता गौतमले कुनै संक्रमितलाई अर्को अस्पतालमा लैजानै पर्ने अवस्था आएमा मन्त्रालयबाट अनुमति लिएर हव अस्पतालसँगको समन्वयमा मात्र रेफर गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077