Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोभिड व्यवस्थापनका लागि २० प्रतिशत 'वेड’ छुट्याउन निजी अस्पताललाई अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको लागि उपत्यकामा आइसोलेसन वेड अभाव हुन थालको जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत उपत्यका लगायत शहरी क्षेत्रका अस्पतालमा वेड अभाव हुन थालेकाले निजी अस्पताललाई समेत वेड व्यवस्थापनका लागि अपिल गरेको छ।

मन्त्रालयले निजी क्षेत्रका अस्पतालहरुमा २० प्रतिशत वेडहरु कोभिड व्यवस्थापनका लागि राख्न अपिल गरेको हो । मनत्रालयको निर्देशनबिना रेफर गरिएका बिरामीहरुको कोभिड अस्पतालहरु राख्न समस्या भएकाले बिरामी व्यवस्थापनको लागि हब अस्पतालको संयोजनमा सोही अस्पतालमै राख्न पनि अनुरोध गरेको छ । यस्तै उपत्यका भित्रका अस्पतालमा बिरामी रेफर गर्नुअघि हब अस्पतालको समन्वयमा स्वास्थ्य मन्त्रालयबाट निर्देशन लिनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077