Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेडिकल कलेजहरुलाई एक तिहाई वेड कोभिड–१९ का लागि छुट्याउन निर्देशन

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड–१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालहरुमा वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन निर्देशन दिएको हो ।

यसअघि मन्त्रालयले देशभरका निजी तथा सामुदायिक अस्पतालहरुलाई २० प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077