Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन मेडिकल कलेजले पायो काेराेना परीक्षणकाे अनुमति, यस्ताे छ अत्याधुनिक प्रयाेगशाला

चितवन । निजी क्षेत्रबाट चितवन मेडिकल कलेज (सीएमसी)ले कोरोनाको पिसिआर परीक्षणको अनुमति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सीएमसीलाई साउन प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ३० गते चितवन मेडिकल कलेजलाई पत्र पठाई पीसिआर परीक्षणको अनुमती दिएको हो ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले केही दिन भित्रै प्रयोगशाला सञ्चालनमा ल्याइने बताए।

जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।

प्रा.डा.न्यौपानेका अनुसार सरकारले तोकेको गाइडलाइन अनुसार स्वाव संकलन गरी ६ हजार ५० रुपैयाँमा पीसीआर परिक्षण गरिने छ ।
कलेजले झण्डै ६ करोड लगानीमा अत्याधुनिक प्रविधिसहित प्रयोगशाला तयार गरिसकेको छ ।

६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । नमूना स्वाव लिइएकाे ६ घण्टाभित्रै परीक्षण नतिजा आउने सीएमसीका प्रशासकीय प्रमुख प्रताप देवकाेटाले बताए ।

कलेजमा पिसिआर परीक्षण गर्न सक्ने ८ जना प्राविधिक रहेका छन् ।

दैनिक १८ घण्टा सञ्चालन गर्दा १ हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने सीएसीले जनाएको छ ।

कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077