Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से १७ अंकले घट्यो

काठमाडौं । आज नेप्से परिसुचक १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा पुगेको छ । आज १८५ ओटा कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयरको १ अर्ब २५ करोड रूपैयाँ बरावरको शेयर खरीदविक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएकाे छ ।

काराेबारकाे अघिल्लो दिन नेप्से परिसुचक १ हजार ४०७ दशमलव ८६ विन्दुमा थियो । आइतवार सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ ।

उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९८ पुगेको छ । सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । नेपाल बैंकको शेयर कारोबार ८ करोड १४ लाख रूपैयाँ बराबरकोको भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077