Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपभोक्ता संरक्षण विभागका नासु अख्तियारको नियन्त्रणमा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोलाई नियन्त्रणमा लिएको छ।

महतोले फर्मको दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना आधारमा आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

महतोलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस/रिसवत बापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077