Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुनर्विचार हुन्छ : मन्त्री पुन

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुर्नविचार हुने बताएका छन् । सोमबार विद्युत प्राधिकरण (एनईए)को ३५औं वार्षिक उत्सव कार्यक्रममा मन्त्री पुनले विद्युतीय गाडी भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको जानकारी दिए ।

विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले यसबारे पुनर्विचार गर्ने भएको उनले बताए ।

यसअघि सरकारले विद्युतीय गाडीमा ९० प्रतिशत सम्म सहुलियत दिइरहेको अवस्थामा चालू आर्थिक वर्ष २०७७/७८ को बजेटले कर वृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077