Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२५ महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

काठमाडाैं । प्युठानमा २ वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छिन्। आइतबार बेलुकी प्रहरीले सरूमारानी गाउँपालिका-१ डाँडागाउँ टोलमा बस्ने ३४ वर्षीया माया अधिकारीलाई पक्राउ गरेको हो । उनीमाथि २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको आरोप लागेको हो।

'हामीले मायालाई छाेरीकाे हत्या गरेको आरोपमा पक्राउ गरेका छौं। तर हत्या उनैले गरेको हो वा होइन भन्ने खुलिसकेको छैन,' प्युठानका डिएसपी नरेन्द्र कार्कीले भने,'अनुसन्धान सबै सकिएपछि मात्रै भन्न सक्छौं।' यता वडा नम्बर १ का वडाध्यक्ष मुकुन्दराज शर्माले आमाको व्यवहार हेर्दा उनैले हत्या गरेकाे हुनुपर्ने आशंका गरिएको बताए। उनका अनुसार आयुषा अधिकारीका बुबा गोपाल अधिकारी होटल सञ्चालक हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077