Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

४० जिल्लामा निषेधाज्ञा र सेवा बन्द

काठमाडाैँ ।कोरोना संक्रमणको दर बढेपछि देशभरका ४० जिल्लामा कतै विशेष क्षेत्र र कतै जिल्लाभर निषेधाज्ञा र निश्चित सेवा सञ्चालनमा रोक लगाइएको छ । गृह मन्त्रालयका अनुसार २९ जिल्लामा निषेधाज्ञा, ७ जिल्लामा लकडाउन र २/२ जिल्लामा सिल र सेवा बन्द गरिएका छन् ।

२१ जिल्लामा पूर्ण र १९ जिल्लामा आंशिक बन्द तथा निषेधाज्ञा जारी गरिएको छ । यी सबै निर्णय स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकारअन्तर्गत लिइएको हो ।

कास्की, अर्घाखाँची, लमजुङ, गोरखा, बागलुङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, दोलखा, चितवन, रामेछाप, पाल्पा, सुर्खेत, उदयपुर, तनहुँ, धनकुटा, रुकुम पश्चिम, धादिङ, कपिलवस्तु, मकवानपुर, रूपन्देही, रौतहट, उपत्यकाका तीनवटै जिल्ला, झापा, दार्चुला, मोरङ, बर्दिया, जुम्ला, सिरहा, स्याङ्जा, सर्लाही, सुनसरी, महोत्तरी, बारा, पर्सा, बाँके, नुवाकोट, सप्तरी र धनुषामा कतै पूरै र कतै आंशिक निषेधाज्ञा जारी गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077