Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीपहिरोमा परी बाजुरामा दुई जनाको मृत्यु

बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका–५ की तीन वर्षीया सनिका बुढा रहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

त्यसैगरी सोही घरकी पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् । गए राति सुतेको बेला घरमाथिबाट आएको पहिरोमा परी बालिकाको मृत्यु भएको र दुई घाइते भएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए । पहिरोमा परी घरको सबै सामान नष्ट हुनुका साथै दुई बाख्रासमेत च्यापिएको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ ।

त्यस्तै राति घट्ट पिस्न गएको समयमा बाजुराको बूढीनन्दा नगरपालिकामा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । घट्ट पिस्न गएको समयमा बड्डीगढ नदी बढेर गएसँगै मृत्यु भएको हो। मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–६ की भीनु ल्वार रहेकी छन् । ती महिलाको शव खोलाको तीरमा भेटिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ठगुन्नाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077