Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काेराेना भाइरस अपडेट : थप ६८१ जनामा संक्रमण पुष्टि, १२० जना डिस्चार्ज

    काेराेना भाइरस अपडेट : थप ६८१ जनामा संक्रमण पुष्टि, १२० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ६८१ जनामा सङ्क्रमित फेला परेको जानकारी दिए । विभिन्न प्रयोगशालामा ११ हजार ५२२ जनाको गरिएको पिसीआर परीक्षणमा ६८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यसअघि मंगलबार एकै दिन सबैभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै नेपालमा कूल सङ्क्रमितको संख्या २८ हजार ९३८ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सक्रिय सङ्क्रमित ११ हजार ११८ जना रहेका छन् ।



    यसैगरी आज १२० जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ७०० जना सङ्क्रमित निको भई घर फर्किसकेको उनले बताए । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ५७१ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १२० जना सङ्क्रमणबाट मृत्यु भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार