Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पत्रकार महासंघकाे कार्यकाल ६ महिना थप

    पत्रकार महासंघकाे कार्यकाल ६ महिना थप

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । बुधबार भएको भर्चुअल राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्‍ला/प्रतिष्ठान/एसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको महासंघले जनाएकाे छ ।

    महासंघ हालको केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदैछ । तर कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न सम्भव नदेखिएकाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गरिएको महासचिव रमेश विष्टले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।



    महासंघले आउँदो फागुन ३ गते केन्द्र प्रदेश र शाखाको निर्वाचन गर्ने निर्णय पनि गरेको छ । त्यसअघि आउँदो मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार