Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कैलालीमा भदौ १४ गतेसम्म निषेधाज्ञा, सवारी साधन र व्यापार व्यवसाय बन्द

काठमाडाैं । कैलालीमा बिहीबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १४ गतेसम्म निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । उनका अनुसार निषेधाज्ञा जारी गरेको अवधिमा सरकारी तथा निजी सवारी साधन, व्यापार व्यवसाय बन्द रहने छन् ।

खाद्यान्न, दूध, तरकारी, औषधि पसल, अस्पताल लगायतका अत्यावश्यक सेवाहरुलाई खोल्न दिइने छ । संक्रमण बढ्दै गएकाले निषधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी बोहाराले बताएका छन् । कैलालीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३७३ पुगेको छ । ती मध्ये १ हजार १७३ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077