Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गोली प्रहार गरी रौटहटमा पुजारीको हत्या

रौटहट। अज्ञात व्यक्तिले कन्चटमा गोली प्रहार गरी रौटहटमा एक  जना पुजारीको हत्या गरेको छ ।

बुधबार राति  माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको गोली लागेर हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका रौटहटका डिएसपी भरत श्रेष्ठका अनुसार मन्दिरमा खाना खाँदै गर्दा साहमाथि गोली हानिएको थियो।

गोली हान्ने व्यक्ति फरार छन्।  घटनाको अनुसन्धानका लागि रौटहटका एसपी रविराज खड्का सहितको टोली घटनास्थलमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077