Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुरक्षाकर्मीको बाक्लो उपस्थितिसहित काठमाडौंमा निषेधाज्ञाको पहिलो दिनकाे दृश्य

काठमाडौं। सुरक्षाकर्मीको बाक्लो उपस्थितिसहित काठमाडौंमा निषेधाज्ञाको पहिलो दिन चेक जाँचमा कडाइ गरिएकाे छ।उपत्यकामा आज निषेधाज्ञाको पहिलो दिन भएकाेले नागरिककाे स्वास्थ्य सुरूक्षाकाे हिसाबले प्रायाप्त मात्रमा सुरक्षाकर्मी परिचालन गरिएकाे जिल्ला प्रशासन कार्यालय काठमाडाैले जनाएकाे छ।

सरकारले कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएकाले त्यसमाथि नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको हो। अति आवश्यकीय सवारी साधन फाट्टफुट्ट देखिए पनि बिहान सडक सुनसान झै छ।

सुरक्षामा खटिएका ट्राफिक प्रहरी पीपीईमा पनि छन् तर अधिकांश भने सामान्य अवस्थामा नै सवारीको परीक्षणमा जुटेका छन्। चोक र गौडाहरुमा प्रहरीको उपस्थिति बाक्लो छ। कोरोना भाइरसको संक्रमणका कारण बढेको जोखिम कम गर्नक लागि सुरु भएको निषेधाज्ञा यसअघि लागू भएको लकडाउनकै स्वरुपको देखिएको छ।

प्रशासनले मर्निङ वाक र इभिनिङ वाकमा समेत निषेध गरेकाले मानिसहरुको गतिविधि कम देखिन्छ। अन्य दिनमा बिहान सवारी नचले पनि मानिसहरु बाक्लै भेटिन्थे। आज भने मानिसहरु पनि फाट्टफुट्ट देखिएका छन्। पसलहरु खुलिसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077