Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब रातीको १२ बजे नै खुल्छ कालीमाटी तरकारी बजार

काठमाडौं । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि उपत्यकाका तीन जील्लामा विहिबारदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा पसल खोल्न त के मानीसहरुलाई हिडडुल गर्न समेत दिइएको छैन ।

तर, अत्यावश्य सेवा भन्दै सरकारले कालिमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार भने रातभर खुल्न दिर्ने निर्णय गरेको छ ।

निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राति १२ बजेदेखि बिहान ७ बजसम्म खुलेको कालीमाटी तरकारी बजार आजबाट भने राति १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएको छ ।

सुरुमा जिल्ला प्रशासन कार्यालयले तरकारी, माछा मासु, फलफूल, दूग्ध डेरी र खाद्यान्न पसल दिनभरि सञ्चालन गर्न दिने सूचना जारी गरेको थियो ।

तर, विहान ६ः३० बजे नै प्रहरीले बजार बन्द गर्न व्यापारीहरुलाई निर्देशन दिएको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077