Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चेकिङकै समयमा १६ लाख फाल्नेलाई समात्न सकेन प्रहरीले

बारा । शनिबार दिउसो प्रहरीले स्रोत नखुलेको १६ लाख नेपाली रकम बरामद गरेको भन्ने खबर एकाएक मिडियामा छायो ।

समाचारमा प्रहरीले बारा जिल्लाको महागढीमाई नगरपालिका–७ बेनौली गाउँको सडकबाट स्रोत नखुलेको १६ लाख नेपाली रकम बरामद गरेको उल्लेख गरिएको थियो ।

तर, उक्त रकम प्रहरीले खोजी गरेर बरामद गरेको नभई एक व्यक्तिले प्रहरीको टोली देखेर झोलासहित १६ लाख रकम फालेर भागेपछि प्रहरीले बरामद गरेको थियो ।

मोटरसाइक चलाउँदै आएका एक जनाले रकम फालेर भागेका थिए ।

बारा प्रहरीका अनुसार आज बिहान करिव ८ बजेतिर बाराको महागढी नगरपालिका–७ स्थित सडकमा प्रहरी चेकजाँचका क्रममा एक व्यक्तिले सो रकम फालेर भागेका हुन् ।

प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका ती व्यक्तिले आफूासँग भएको रातो झोला फालेर भागेको र उक्त झोलामा १६ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

उक्त झोलामा नेपाली हजार रुपैयाँ दरका ७६१ थान ५०० दरका १ हजार ६७६ थान गरी १६ लाख रुपैयाँ रहेको उनले जनाकारी दिए ।

भाग्ने व्यक्तिको खोजी भइरहेको बताउँदै डिएसपी मिश्रले उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीको अनुमान रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077