Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन थापाकाे प्रश्न: स्वास्थ्य मन्त्रीज्यू,यो निर्देशनको अर्थ के हो?

काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामाथि प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्वास्थ्यमन्त्रीलाइ नै टार्गेट गरी प्रश्न गरेका हुन्।

उनले फेसबुका लेखेका छन्,'स्वास्थ्य मन्त्रीज्यू,यो निर्देशनको अर्थ के हो?लेखिएजस्तो विरामी भर्ना गर्नु पूर्व अस्पताल वा विरामीले मन्त्रालयको सिफारिस लिनुपर्ने भन्ने हो भने यस्तो विवेकहिन र अव्यवहारिक कुराको कल्पना पनि गर्न सकिन्न।लेखिएभन्दा फरक आसय हो भने के भन्न खोजेको हो प्रष्ट बुझ्ने गरी भनिदिनुहोस्।'

थापाले यस्ताे पाेष्ट गरेपछि सरकार लक्षित विभिन्न कमेन्टहरू अाइरहेका छन्।

 

https://www.facebook.com/thapagk/photos/a.884246081619305/3356296984414190/?type=3&theater

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077