Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपत्यकासहित ४८ जिल्लामा निषेधाज्ञा, काेराेना संक्रमण अझै बढ्ने संकेत

काठमाडाैं । कोरोना भाइरसकाे संक्रमण फैलिन नदिन देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आफ्नो जिल्लामा निशेधाज्ञा जारी गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि जोखिम अनुसारको निर्णय भएका छन् ।

गृह मन्त्रालयको आइतबार साँझको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । काठमाडाैं उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै काठमाडाैं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि देशभर ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको हो।

सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, जुम्ला, ललितपुर, भक्तपुर, काठमाडौं, रौतहट, मकवानपुर, धादिङ, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, बागलुङ, गोरखा, कास्की, सिराहा, मोरङ, दार्चुला, झापा, मोरङ, दार्चुला, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, रामेछाप, कैलाली, प्युठान, दैलेख, गुल्मी, कन्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, बैतडी, जाजरकोट र रुकुम पश्चिममा पूर्ण र आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ। सरकारले गत साउन ६ गतेबाट देशब्यापी लकडाउन हटाए पनि कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले आवश्यकता हेरेर निषेधाज्ञा जारी गरेका हुन् । तर सरकारकाे पछिल्लाे तथ्यांकलाइ हेर्दा काेराेना संक्रमण अझै फैलन सक्ने देखिएकाे छ । विज्ञहरूले समेत नेपालमा काेराेना भाइरसकाे संक्रमण फैलन सक्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077