Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडाैँ महानगरलाई गगन थापाको ६ बुँदे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि काठमाडौं महानगरपालिकालाई ६ बुँदे सुझाव दिएका छन् ।

आइतबार कार्यालयमा गएर थापाले मेयर विद्यासुन्दर शाक्यलगायतकासँग छलफल गरेर सुझावसहित काेराेना संक्रमणबारे ध्यानाकर्षण गराएका थिए । उनले आफ्नो सुझावमा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने, टोलटोलमा पुगेर परीक्षण गर्ने लगायतका सुझाव दिएका हुन् ।

'कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । काठमाडौंमा बढ्दो संक्रमणलाई रोक्न महानगरसँग मिलेर केही गर्न सकिन्छ कि भनेर हिजो कामनपा कार्यालयमा गएर प्रमुख लगायतसँग छलफल गरी महानगरले तत्काल गर्नैपर्ने विभिन्न कुरामा ध्यानाकर्षण गरेको छु,' थापाले ट्वीट गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री गगनले यसअघि पनि कोरोना नियन्त्रणका लागि भन्दै स्वास्थ्य मन्त्री तथा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

६ बुँदे सुझाव :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077