Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागु औषध विक्री गर्दै हिडेका २ जना पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले लागु औषध काराेबार गर्ने २ जनालाई पक्राउ गरेकाे छ ।

लागु औषध ब्रिक्री गर्दै हिडेका जाजरकाेटकाे त्रिवेणी नगरपालिका वडा नम्बर ९ स्थायी घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षका दिलिप बिश्वकर्मा र दाेलखाकाे भिमेश्वर नगरपालिका वडा नम्बर ६ स्थायी घर भई तारकेश्वर नगरपालिका बस्ने १८ वर्षकी प्रमिला राउत रहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूबाट ६ केजी ५०० ग्राम अफिम जस्ताे देखिने खैराे पदार्थ बरामद गरिएकाे प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए । उनीहरूबाट बरामद गरिएकाे सामान एक लाख पचास हजार रूपैयाँमा किनेर ८ लाख प्रति केजीमा बेच्न लागेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077