Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाउँपालिकाको लगानीमा चिकित्सक नियुक्त

दार्चुला । मार्मा गाउँपालिकाले जनतालाई घर आगनमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै खर्चमा लटीनाथ स्वास्थ्य चौकीमा चिकित्सक नियुक्ति गरेको छ । लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सक विहीन छ ।

गाउँपालिका अध्यक्ष जमनसिह धामीले गाउँपालिकाको लगानीमा स्वास्थ्य चौकीमा चिकित्सक महादेव भट्टलाई नियुक्ति गरेको जानकारी दिए । “नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन चिकित्सक नियुक्त गरेका हौं ।” उनले भने ।

गाउँपालिकाले कार्यविधि नै पारित गरी स्वास्थ्य चौकीमा आठौँ तहको चिकित्सक नियुक्ति गरेको हो । सो स्वास्थ्य चौकी अस्पतालका रुपमा स्तरोन्नती समेत भएको छ । “हामीले स्तरोन्नतीको लागि अनुमति पाइसकेका छौ”ं उनी भन्छन्, “तर मन्त्रालयले दरबन्दी पठाएको छैन् । अहिले दरबन्दीको चिकित्सक र स्वास्थ्यकर्मी नआएसम्म गाउँपालिकाले करारमा चिकित्सक राखेर सेवा प्रवाह गरेको हो ।”

चिकित्सकीय सेवा शुरुआत भएसँगै स्वास्थ्य चौकीलाई प्राप्त डिजिटल एक्स–रे उपकरण समेत सञ्चालनमा आउने गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिए । “एक्स–रे मेसिन पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको थिएन,” उनले भने, “चिकित्सक आएसंगै उपकरण सञ्चालन हुनेछ ।” रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077